काठमाडौं । नेपाल धितोपत्र बोर्डको विरुद्धमा सर्वोच्च अदातलमा परेको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । असार १ गते धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नाम सार्वजनिक गरेको भन्दै अधिवक्ता रविन बोहजुले सर्वोच्च अदालत रिट दर्ता गर्नु भएको थियो ।
आइतबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश जारी गरेको हो । अदालतले रिटको सुनवाई गर्दै बोर्डलाई बाटोको म्याद बाहेक १५ दिनभित्र किन अन्तरिम आदेश जारी गर्न नपर्ने हो भन्ने आधार कारण सहित पेश गर्न भनेको हो । ‘निवेदकले अन्तरिम आदेश समेत जारी गरी पाउँ भनि गरेको निवेदन मागका सम्बन्धमा हेर्दा विपक्षी धितोपत्र बोर्डमा दर्ता रहेका विभिन्न कम्पनी समेतको विविध आर्थिक अवस्था सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरेको कार्यले निवेदक निर्विवाद हकमा असर पारेको भन्ने नदेखिँदा निवेदक माग बमोजिम अन्तरिम आदेश जारी गरिरहन परेन । कानून मबोजिम गर्नु’ आदेशमा भनिएको छ ।
FACEBOOK COMMENTS