काठमाण्डौँ — गुणस्तरिय शिक्षाको लागि डिशहोमले विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरेको छ ।
कम्पनीले रौतहट, बारा र पर्साको चार विद्यालयकाविपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितकाझोला र न्यानो टोपी वितरण गरेको हो ।
नेपालको कुनाकाप्चा सम्म टेलिभिजनसिग्नल पु¥याएर संचारको क्षेत्रमाक्रान्ति नै ल्याएको डिशहोमले विद्यार्थीहरुको गुणस्तरीय शिक्षाकालागि सहयोग पु¥याउने उदेश्यले “डिशहोम उज्वलभविष्य”कार्यक्रमअन्तर्गत उक्त सामाग्रीवितरण गरिएको कम्पनीकाब्राण्ड म्यानेजर मनोज न्यौपानेले बताए ।
कार्यक्रमअन्तरगत रौतहट जिल्लाको गौरमा रहेका श्री अधारभुत विद्यालय बालमन्दीरका विपन्न परिवार तथा जेहेन्दार ६० जनाविद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितका झोला र न्यानो टोपी वितरण गरिएको छ ।
यसै योजनाअन्तर्गत डिशहोमले बारा जिल्लाको महागढिमाई नगरपालिका स्थित, श्री गढिमाई महेन्द्र उच्च माध्यमिक विद्यालयका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीहरुलाई पनि शैक्षिक सामाग्री सहितका झोला तथा न्यानो टोपी वितरण गरेको छ ।
यस्तै बाराकै सिम्रौन गढको श्री कँकाली उमाविका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई पनि शैक्षिक सामाग्री र चिसो वाट जोगिनका लागि न्यानो टोपि वितरण गरिएको छ।
FACEBOOK COMMENTS