काठमाडौं– एभरेष्ट ग्यास उद्योग समूहले सिमेन्ट उद्योगमा लगानी गर्ने भएको छ।
दैनिक तीन हजार टन उत्पाद क्षमता भएको झण्डै १४ अर्ब लगानीमा क्लिंकरसहितको उद्योग स्थापनाको काम अघि बढाइसकेको छ।
उक्ति समूहले तीन वर्षदेखि निरन्तर अध्ययनपछि उद्योग खोल्ने टुंगोमा पुगेको बताउँदै उद्योग स्थापनाका लागि प्रकृया अघि बढिसकेको जनाएको छ । सिमेन्ट उद्योगको बजार स्वदेशमै भएको उसको दाबी छ ।
उद्योगका लागि आवश्यक चुनढुंगा काभ्रेको खानीखोला गाउँपालिकामा छ।
अहिले विस्तृत परियोजना प्रतिवेदन तयारीको चरणमा रहेको जनाईएको छ । काभ्रेमा करिब सात वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको खानी उत्खनन् गर्न खानी तथा भूगर्भ विभागसँग उद्योगले लिजमा लिएको छ। उद्योगको प्लान्ट सिन्धुलीमा स्थापना हुनेछ ।।
