काठमाण्डौं— जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) ले १४ जलविद्युत् आयोजनामा ७ अर्ब ८८ करोड बराबरको लगानी गरेको छ ।
कम्पनीका अध्यक्ष एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेको सभापतित्वमा भएको साधारणसभामा दिइएको जानकारी अनुसार हालसम्म कम्पनीले यति लगानी गरेको हो ।
साधारणसभाले चुक्तापुँजी २२ अर्ब रुपैयाँ पुर्याउन हकप्रद सेयर जारी गर्ने निर्णयसमेत गरेको छ ।
साधारणसभाले चुक्तापुँजीको १० प्रतिशतले हुन आउने एक अर्ब बराबरको बोनस सेयर प्रदान गर्ने र बोनस सेयरमा लाग्ने कर बराबरको २१ करोड ५ लाख २६ हजार बराबर नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
सभामा सर्वसाधारण सेयर धनीबाट सञ्चालकमा सुधीर ज्ञवाली नियुक्त भएको जानकारी दिएको थियो ।
— कारोबार
FACEBOOK COMMENTS