काठमाण्डौं— सुन तस्करीका आरोपितबारे विवादास्पद थुनछेक आदेश गरेका उच्च अदालतका पाँच न्यायाधीश ‘प्रारम्भिक कारबाही’ मा परेका छन् ।
उच्च अदालत विराटनगरका ती न्यायाधीशलाई न्यायपरिषद्ले काठमाडौं तानेको छ ।
सनम शाक्य हत्याकाण्ड र ३८ क्विन्टल सुन तस्करीको मुद्दामा जोडिएका आरोपितबारे जिल्ला अदालतले गरेका अधिकांश थुनछेक आदेश उनीहरूले उल्ट्याएका थिए ।
उच्च अदालत विराटनगर स्रोतका अनुसार न्यायाधीशहरू नागेन्द्रलाभ कर्ण, थीरबहादुर कार्की, सारंगा सुवेदी, उमेशकुमार सिंह र उमेशराज पौडेललाई तत्काल काठमाडौं झिकाइएको हो ।
पेसी व्यवस्थापनका सवालमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीशको भूमिकामाथि समेत छानबिन भइरहेको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS