काठमाडौं । भारतको अग्रणी इलेक्ट्रिक गाडी उत्पादक कम्पनी टाटा मोटर्स लिमिटेडले नेपालस्थित आफ्नो आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिमार्फत् आगामी १२ गते नेक्सन इभी नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ ।
नेक्सन ईभीप्रति नेपालका उपभोक्ताहरूले अत्यन्त उत्सुकता दर्शाएका छन् र यस्तो आकर्षण दिन प्रतिदिन झन् बढ्दैछ । यही सन्दर्भमा पहिलो चरणमा बुकिङ्ग गरिसकेका केही ग्राहकहरुलाई श्रावणको १२ गते देखि नै र क्रमशः नेक्सन इभीको विक्री वितरण गरिदैं जाने छ । कम्पनीले जनाएअनुसार १६६००१५५७७७ नम्वरमा कल गर्ने वा वेबसाइटमा रजिष्टर गर्ने ग्राहकहरुले गाडीको खरिदमा विशेष प्राथमिकता पाउने छन् ।
अत्याधुनिक जिपट्रोन प्रविधियुक्त नेक्सन इभीको बनावट आकर्षक छ भने यसमा अन्त्यन्त सुरक्षित एवं आरामदायी तवरले यात्रा गर्न सकिन्छ । त्यसैगरि लामो दुरीको यात्रा पनि सहजताका साथ् गर्न सकिने नेक्सनको ब्याट्रीको आयु लामो हुनुको साथै यसलाई आफ्नै घरमा चार्ज गर्न सकिन्छ ।
सन् २०२० को जनवरीबाट भारतमा विक्री वितरण सुरु भएको नेक्सन इभीले छोटो अवधिमा नै भारतीय इलेक्ट्रिक गाडीको बजारको ६५ प्रतिशत हिस्सा ओगटेको छ । भारतमा करिब ४५०० भन्दा धेरै परिवारहरुले रुचाएको यस गाडीले आजको मितिसम्म १८ वटा पुरस्कार जितिसकेको छ । त्यसैले नेक्सन इभीे सबैभन्दा बढी पुरस्कारहरूबाट सम्मानित भई अत्याधिक लोकप्रियता हासिल गर्न सफल ईभी पनि हो ।
टाटा मोटर्सले नेपालमा इलेक्ट्रिक गाडीको प्रभावकारी संचालनको लागि पूर्ण “ईको सिस्टम” विकास गर्ने लक्ष्य राखेको छ । यसको लागि कम्पनीले उत्कृष्ट इलेक्ट्रिक गाडी ल्याउनुका अतिरिक्त नेपालमा आकर्षक सेवा प्याकेज, ब्याट्रीको वारेन्टी, विभिन्न स्थानमा चार्जिंङ्ग सुविधाको लागि उच्चस्तरीय डीसी चार्जरको सुविधा प्रदान गर्ने छ ।
नेपालमा नेक्सन ईभी तीनवटा मोडेलमा उपलब्ध हुनेछ । यसको ब्याट्रीमा ८ वर्ष वा एक लाख साठ्ठी हजार किलोमिटर (जुन पहिला आउँछ) र गाडीमा तीन वर्ष वा एक लाख पच्चिस हजार किलोमिटर (जुन पहिला आउँछ) को वारेन्टी दिइने छ ।
FACEBOOK COMMENTS