काठमाडौं । नेप्सेका अनुसार आज नेप्से २९.२३ अंकले बढेर तीन हजार ७९ दशमलब ६६ विन्दुमा पुगेको छ । त्यस्तै, आज १५ अर्ब १७ करोड ६ लाख बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका समूहमध्ये चार समूह बाहेक अन्य सबै समूह बढेका छन् । आज बैंकिङ समूह ०.१७, टड्रिङ समूह ०.६, होटल एण्ड टुरिजम समूह ०.५१ र माइक्रोफाइनान्स समूह २.६ प्रतिशतले घटेका छन् ।
त्यस्तै, आज कारोबार भएका कम्पनीमध्ये ६ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । शेयर बजार बढ्ने कम्पनीहरुमा मल्टीपर्पोज फाइनान्स कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, जोशी हाइड्रोपाव डेभलपमेन्ट कम्पनी र घलेम्दी हाइड्रो कम्पनी रहेका छन् ।
त्यस्तै, आज सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्थाको शेयरमूल्यमा गिरावट आएको छ । जसको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआईसी एशिया बैंकको कारोबार भएको छ । यस कम्पनीको आज ४९ करोड भन्दा बढीको कारोबार भएको छ ।
FACEBOOK COMMENTS