नेपालगन्ज– नेपाल–सीमानामा आयात निर्यातलगायत व्यापार व्यवसायमा अवरोध पुर्याउने खालका विभिन्न समस्याहरूका बारेमा भारतीय गृहमन्त्री राजनाथ सिंहको ध्यानाकर्षण गराइएको नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ ।
सीमापारी रुपैडिहामा भारत सरकारले निर्माण गरिरहेको एकीकृत चेकपोस्टको शिलान्यास गर्न रुपैडिहा आएका भारतीय गृहमन्त्री सिंहसँग विशेष समय लिएर भेट गरेर सीमानामा देखिएका व्यवसायीक समस्याहरूबारे जानकारी गराइएको संघका अध्यक्ष नन्दलाल वैश्यले बताएका छन् ।
अध्यक्ष वैश्यले “भारत सरकारका गृहमन्त्री राजनाथ सिंहलाई भेटेर नेपालगन्जका उद्योगी, व्यवसायीहरूले सीमानामा भोग्दै आएका विभिन्न समस्याहरूका बारेमा ध्यानाकर्षण गराइएको छ,” भने ।
भारतीय गृहमन्त्री सिंहले सीमानामा देखिएका समस्याहरूबारे भारतीय उच्च अधिकारीहरूसँग छलफल गरेर आयात निर्यात र आवागमनलाई सहज पारिने आश्वासन दिएको संघका अध्यक्ष वैश्यले बताएका छन् ।
FACEBOOK COMMENTS