काठमाण्डौँ — नौ सय मेगावाटको बहुचर्चित राष्ट्रिय गौरवको अरुण तेस्रो जलविद्युत आयोजनाको हालसम्म १५ प्रतिशत काम सम्पन्न भएको छ ।
संखुवासभाको मकालु गाउँपालिका वडा नम्बर ५ र चिचिला गाउँपालिकाको वडा नम्बर ३ मा निर्माणाधीन आयोजनाको कामले तीव्रता पाएको छ ।
निर्माण कम्पनीले सडक, ड्याम साइड (बाँध), पावर हाउस (विद्युत्गृह) सुरुङ मार्ग निर्माणलाई तीव्रता दिएको छ ।
भारत सरकारको स्वामित्वमा रहेको सतलजअन्तर्गतको एसजेभीएनले अरुण तेस्रो बनाइरहेको छ ।
हाल २ हजार ४ सय कामदारले चौबीसै घन्टा काम गरिरहेको एसजेभीएनका सिईओ शतिसकुमार शर्माले बताए ।
— कारोबार
FACEBOOK COMMENTS