काठमाण्डौं– सवारी तथा सवारीजन्य वस्तुको प्रदर्शनी आगामी भदौ दोस्रो साता हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने अटो शो भदौ २६ देखि ३१ गतेसम्म हुने भएको हो ।
राजधानीको भृकुटीमण्डप प्रदर्शनी हलमा हुने उक्त अटो शोमा नयाँ गाडी तथा अटोमोबाइल सम्बन्धी विभिन्न प्रदर्शनी आयोजना गरिने छ ।
नाडाले प्रत्येक वर्ष अटो शो आयोजना गर्दै आएको छ । यो वर्षको अटो शो भदौ अन्तिम सातादेखि गर्ने निर्णय नाडाको कार्यसमितिले गरेको नाडाका सीईओ सुरेन्द्र प्रधानले जानकारी दिए । अटो शोमा नेपालमा अवस्थित सबै ब्राण्डका चार पांग्रे, दुईपांग्रे सवारी साधन तथा अटोसँग सम्बन्धित सामग्रीहरुको प्रदर्शनी हुने प्रधानको भनाइ छ । विगतमा जस्तै यो वर्षको हुने मेलामा पनि सवारीका साथसाथै बैंक तथा वित्तीय संस्था, स्पेयर पार्ट्स्, लुब्रिकेन्ट्सलगायतका स्टलहरु पनि रहनेछन् ।
१९ अटा गाडी, मोटरसाइकलको २० स्टल, स्पेयर पार्टस्को, एसोसिरिजलगायतको ५० वटा हुने छन् । बैंक वित्तीय संस्था लगायत सबै गरेर अटो शोमा करिब १ सय १३ वटा स्टलहरु रहनेछन् ।
प्रदर्शनीमा नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स, टायर, जेनेरेटर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसेसरिजहरुको सहभागिता रहने छ । जसमा नेपालमै उत्पादित सामग्रीहरु समेत राखिने छन् । नाडा अटो शो अवलोकन गर्न आउनेहरूमा सर्वसाधारणबाहेक अटो उद्योगी, व्यापारी, व्यापार विश्लेषक, अर्थशास्त्री तथा नीति निर्माताहरू पनि हुनेछन् ।
अटो शोले सवारीबारे जानकारी राख्नेहरुलाई पूर्ण रुपमा सन्तुष्ट बनाउने प्रयास हुने नाडाले जनाएको छ ।
FACEBOOK COMMENTS