काठमाडौँ — सरकारले नेपालमा विदेशी च्यानल प्रसारणका लागि शुल्क बढाएको छ । सरकारले साउनदेखि लागू हुने गरी विदेशी च्यानलको डाउनलिंक शुल्क बढाएको हो ।
नयाँ शुल्कअनुसार विज्ञापन समावेश नभएका निस्शुल्क च्यानलको डाउनलिंक गरी कार्यक्रम प्रसारण गर्न अनुमति पत्रबापत प्रतिच्यानल १ लाख रुपैयाँ तिर्नुपर्नेछ ।
यस्तै विज्ञापन समावेश भएका निस्शुल्क च्यानलको डाउनलिंक गरी प्रसारण गर्न प्रतिच्यानल ५ लाख रुपैयाँ पर्नेछ ।
विज्ञापन समावेश नभएका सशुल्क च्यानलको डाउनलिंक गरी कार्यक्रम प्रसारण गर्ने अनुमतिबापत प्रतिच्यानल ३ लाख रुपैयाँ शुल्क तोकिएको छ ।
विज्ञापन समावेश भएका सशुल्क च्यानलको डाउनलिंक गरी कार्यक्रम प्रसारण गर्ने अनुमतिबापत प्रतिच्यानल ७ लाख रुपैयाँ शुल्क तोकिएको छ ।
सरकारले विज्ञापन समावेश भएका, नभएका, सशुल्क र निस्शुल्क च्यानल वर्गीकरण गरी छुट्टाछुट्टै शुल्क तोकेको हो ।
यसअघि विदेशी च्यानललाई सशुल्क र निस्शुल्कमा मात्र वर्गीकरण गरिएको थियो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकाल क्लिन फिड नीतिलाई सहयोग पुग्ने गरी डाउनलिंक शुल्क तोकिएको बताउँछन् ।
– कान्तिपुर
FACEBOOK COMMENTS