डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यवहारिक बनाउन प्रोत्साहितगर्ने उद्देश्यले कुमारी बैंक लिमिटेडले ‘Kumari Smart 1-month Login Challenge’ नामकआकर्षक अभियानशुरु गरेको छ । उक्त अभियानमा लक्की ड्रमार्पmत प्रत्येक हप्ता १० जना र महिना भर ४० जना सहभागीहरुले १ हजार रुपैयाँका दरले पुररस्कार प्राप्त गर्नेछन् ।
यस अभियानको अन्त्यमा एक कुमारी स्मार्ट प्रयोगकर्ताले बम्पर उपहार १० हजार रुपैयाँ नगद प्राप्त गर्न सक्नेछन् ।यस अभियानमा सहभागी हुने अभियान शुरू भएको १ महिनासम्म कुमारी स्मार्ट एप मार्फत आफ्नो खाताको विवरण हेर्ने वा टप–अप, बिल भुक्तानी, क्यूआर भुक्तानी वा बैंक ट्रान्सफर दैनिक रुपमा गर्नुपर्ने छ ।सो अभियान मंगलवार (भाद्र १) देखि शुरू हुँदैछ ।
FACEBOOK COMMENTS