काठमाडौं, २ भदौ । नेपाली ब्रान्ड मात्र प्रवर्धन तथा बिक्री वितरण गर्ने उद्देश्यले ग्रो डेली अनलाइन स्टोर सञ्चालनमा आएको छ ।
फोर एरोज इन्टरप्राइजेजले सञ्चालनमा ल्याएको ग्रो डेलीले नेपाली ब्रान्ड, खाद्यान्न, तरकारी, फलफूल लगातय अन्य दैनिक उपभोग्य वस्तु बिक्री गर्दै आएको छ । ग्रो डेलीमा खाद्यान्न, तरकारी, फलफूल, डेरी, बेकरी बेबी केयर सहित १५ सय भन्दा बढी सामानहरु उपलब्ध छन् । ग्राहकले ग्रो डेली वेबसाइट, मोबाइल एप, फेसबुक, भाइवर र ह्वाट्सएपको माध्यमबाट आफूले चाहेको सामान अर्डर गर्न सक्नेछन् । साथै अर्डर गरेको २४ घण्टाभित्र सामान डेलिभर हुने कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS