काठमाडौं, ४ भदौ । पछिल्लो २४ घण्टामा देशभर तीन हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १७ हजार ६५४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार २४ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ५३० जनाको पिअिसार परीक्षण गर्दा दुई हजार ७९ र ७ हजार १२४ जनाको एन्टीजेन परीक्षण गर्दा ९६३ जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर दुई हजार २४४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २६ संक्रमितको मृत्यु भएको छ।
देशभर ४० हजार ३०९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३६ हजार ९२२ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा ३ हजार ३८७ भने ७१४ जना आइसियुमा र १७१ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।
देशभर ४४६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
FACEBOOK COMMENTS