काठमाडौं, ८ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यस साताको पहिलो कारोबारको दिन आज मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से ५५.८९ अंकले घटेर तीन हजार एक सय २५ दशमलब १ विन्दुमा थामिएको छ ।
त्यस्तै, आज १६ अर्ब १२ करोड ४४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका इन्स्योरेन्स समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीहरुमा गोर्खाज फाइनान्स र जीवन विकास लघुवित्त वित्तिय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज गोर्खाज फाइनान्स कम्पनीको शेयरमूल्य बढेर १२८.२० रुपैयाँले बढेर प्रतिकित्ता १४१०.२० पुगेको छ भने जीवन विकास लघुवित्त वित्तिय संस्थाको शेयरमूल्य ३९०.६० रुपैयाँले बढेर प्रतिकित्ता ४२९६.७० पुगेको छ ।
त्यस्तै, आज धेरै जसो हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । आज अधिकांश हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा ‘पहिरो’ जाँदा नेप्सेमा उच्च अंकको गिरावट आएको हो ।
यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ७५ करोड भन्दा बढीको कारोबार भएको छ ।
FACEBOOK COMMENTS