काठमाडौं । तेह्रथुम पावर कम्पनीले आज (बुधबार) देखि सर्वसाधारण लगानीकर्ताको लागि साधारण सेयर (आइपीओ) निष्काशन गरेको छ ।
कम्पनीले सर्वसाधारणको लागि ७ लाख ४४ हजार कित्ताका आइपीओ निष्काशन गर्न लागेको हो । ८ लाख कित्ता सेयर निष्काशन गर्न लागेको भएपनि ४० हजार कित्ता म्युचुअल फन्ड र १६ हजार कित्ता सेयर कम्पनीका कर्मचारीलाई छुट्याईएको छ । आइपीओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा भदौ २३ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीको आइपीओमा प्रति कित्ता १०० रुपैयाँका दरले न्यूनतम १० देखि अधिकतम ६० हजार कित्तासम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ । ल गानीकर्ताले सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन पाउने छन् ।
FACEBOOK COMMENTS