काठमाडौं, १० भदौ । भारतमा पछिल्लो २४ घन्टामा थप ४६ हजार १६४ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड २५ लाख ५८ हजार ५३० पुगेकाे छ ।
यसै गरी पछिल्लो २४ घन्टामा थप ६०७ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ३६ हजार ३६५ पुगेको छ ।यही अवधिमा ३४ हजार १५९ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितकाे संख्या ३ लाख ३३ हजार ७२५ रहेकाे छ । भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेकाे छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ६० कराेड ३८ लाख ४६ हजार ४७५ डाेज भ्याक्सिन लगाइसकिएकाे छ ।
FACEBOOK COMMENTS