काठमाडौं, १२ भदौ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरले विशेष छूट दिने भएको छ ।
मेगा बैंक र ओम अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छूट र प्राथमिकता दिनेसम्बन्धी सम्झौता शुक्रबार सम्पन्न भएको छ ।
सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ओम अस्पतालमा कुल बिलको १० दशमलव ५० प्रतिशतसम्म छूट पाउने छन् ।
यसैगरी, मेगा बैंकका ग्राहकहरुलाई प्राथमिकता दिँदै अस्पतालले उपचारमा ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ प्रदान गर्ने भएको छ ।
FACEBOOK COMMENTS