काठमाडौँ, भदौ १७ । बलिउड अभिनेता अमिताभ बच्चन ४५ दिनको बसाईका लागि नेपाल आउने भएका छन् । उनको नेपाल आगमन केवल घुम्नका लागि भने हुने छैन ।
निर्देशक सुरज बडजात्याको नयाँ पारिवारिक फिल्म ‘ऊँचाई’को सुटिङका लागि उनी नेपाल आउन लागेका हुन् । फिल्ममा बोमन इरानी र अनुपम खेरको पनि प्रमुख भूमिकामा अभिनय रहनेछ । दैनिक भास्करका अनुसार नेपालमा यो फिल्मको सुटिङ अक्टोबरबाट सुरु हुनेछ ।
फिल्मको बाँकी हिस्सा मुम्बई र नयाँदिल्लीमा खिचिनेछ ।
फिल्म सन् २०२२ को मध्यमा रिलिज हुनेछ । फिल्मले साथीबीचको सम्बन्धलाई उजागर गर्नेछ । फिल्ममा अमिताभ, बोमन, अनुपम र अभिनेत्री नीना गुप्ता मिल्ने साथी हुनेछन् । फिल्ममा पंकज त्रिपाठीको पनि अभिनय हुनेछ ।
FACEBOOK COMMENTS