काठमाडौं, १७ भदौ । समाज लघुवित्तको साधारणसभाले स्वस्तिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रस्ताव पारित नगरेपछि उक्त दुई लघुवित्तको मर्जर प्रस्ताव भाँडिएको छ ।
मर्जरपश्चात बन्ने संस्थाको केन्द्रीय कार्यालय सैद्धान्तिक सहमतिमा उल्लेख भए अनुसार बर्दीबास महोत्तरी नभई साविकको स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय लाहानमा राख्ने भएकाले स्वस्तिक लघुवित्तसँग मर्जर गर्न नसकिने लघुवित्तले जनाएको छ ।
समाज लघुवित्तले पहिलोपटक मर्जर प्रस्ताव पारित गर्न असार १० गते साधारणसभा बोलाए पनि गणपुरक सँख्या नपुगेको कारण उक्त सभा स्थगित भएको थियो । त्यसपछि दोस्रो पटक आह्वान गरिएको सभाले मर्जर स्थगित गर्ने निर्णय गरेको होे ।