काठमाडौं, भदौ २३ । बलिउड अभिनेता अक्षय कुमारलाई मातृशोक परेको छ । अक्षयकी आमा अरुणा भाटियाको बुधबार बिहान निधन भएको हो ।
उनको मुम्बईस्थित हिरानन्दानी अस्पतालको आईसीयूमा अपचार भइरहेको थियो । जसका कारण अक्षय लन्डनबाट छायांकन बीचमै रोकेर गएको सोमबार मात्रै भारत आएका थिए ।
अक्षयकी आमाको निधनबारे अभिनेता स्वयंमले पुष्टि गरेका हुन् । ट्विट गर्दै उनले लेखेका छन्, “उहाँ मेरो मूल हुनुहुनथ्यो । र, आज म निको नहुने घाउ महसुस गरिरहेको छु । मेरी आमा अरुणा भाटियाले आज बिहान शान्तिपूर्वक यो संसार छोडेर मेरो बुवासँग अर्को संसारमा प्रस्थान गर्नुभएको छ । म र मेरो परिवार यो अवस्थाबाट गुज्रिरहँदा तपाईंहरूको प्रार्थनाको कदर गर्छु । ओम शान्ति ।”नवभारत टाइम्स
FACEBOOK COMMENTS