काठमाडौं । भदौ २७, सरकारले फलाम तथा स्टिलबाट बनेका स्पात (नन एल्वाए), लाप्सा डन्डीलगायत वस्तुमा करका दर बढाएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्मा पेस गरेको अध्यादेशको बजेटलाई प्रतिस्थापन गर्न बनेको विधेयकमार्फत ती वस्तुमा करका दर बढाइएको हो । यससँगै अब फलामका डन्डी तथा छडको मूल्य बढ्ने भएकाले समग्र निर्माण क्षेत्रको लागतमा असर पर्ने जानकारहरू बताउँछन् ।
FACEBOOK COMMENTS