काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने भएको छ ।
बैंकको शुक्रबार बसेको ३७५ औं सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७७–७८ मुनाफाबाट १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकले १२.९१३ प्रतिशत बोनस र करसहित ३.०८७ प्रतिशत नगदसहित १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
बैंकले १८३ वटा शाखा, १२१ वटा ए.टि.एम र १११ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS