काठमाडौँ– प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ। बिहीबार दिउँसो १ः०० बजे बस्ने गरी बैठक स्थगित भएको हो। आज बसेको बैठकमा राष्ट्रपतिबाट विनियोजन विधेयक प्रमाणिकरण भएको र राष्ट्रिय सभाबाट बजेट आश्रित विधेयक पारित भएको जानकारी गराइएको थियो।
भदौ २३ गतेबाट सुरु भएको प्रतिनिधि सभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर अवरोध गर्दै आइरहेको छ।
FACEBOOK COMMENTS