काठमाडौं, असोज १५ । न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० निष्कासनमा ल्याएको हो ।
जसमध्ये ५ प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्ट्याएको छ । बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीले गएको भदौ १ गतेदेखि लमजुङका आयोजना प्रभावित स्थानीय र संस्थापक सेयरधनीका कर्माचारीलाई गरी १८ लाख कित्ता सेयर निष्कासन गरेको थियो । सो सेयर बाँडफाँड भइसकेको छ ।
आईपीओ निष्कासनका लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
आईपीओमा सर्वसाधारणले असोज १९ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।
FACEBOOK COMMENTS