काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुएर्टेले अर्कोवर्षको चुनाबमा उपराष्ट्रपति पदमा उम्मेदवार नहुने बताउँदै कार्यकाल सकिएपछि राजनीतिबाट सन्यास लिने बताएका छन् ।
शनिबार लामो समयदेखिका आफ्ना सहयोगी सांसद बोङ गोले निर्वाचन आयोगमा उपराष्ट्रपति पदमा उम्मेदवारीको घोषणा गरेपछि राष्ट्रपति डुएर्टोले यस्तो घोषणा गरेका हुन् ।
‘फिलिपिनोलाई लाग्छ, म उपराष्ट्रपतिका लागि योग्य छैन । म पुनः उपराष्ट्रपति पदमा उम्मेदवार हुनु भनेको संवैधानिक कानून र आत्मविपरितको कुरा हो’ उनले भने, ‘म आज राजनीतिबाट सन्यासको घोषणा गर्छु ।’
फिलिपिन्सको संविधानले एउटा कार्यकालका लागि मात्र राष्ट्रपतिको म्याद तोकेको छ । एउटा कार्यकालको अवधि ६ वर्ष हुन्छ । त्यहाँका विपक्षी दलले डुएर्टे यदि उपराष्ट्रपति पदमा उम्मेदवार भए सर्वोच्च अदालतमा उजुरी दिने बताएका थिए ।
FACEBOOK COMMENTS