काठमाण्डौँ — सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै इम्बोस्ड नम्बर प्लेट जडान रोकिँदा सरकारलाई प्रतिमहिना करिब ६ करोड रुपैयाँ घाटा हुँदै आएको छ ।
सरकारले ५ वर्षभित्र २५ लाख गाडीमा नम्बर प्लेट जडान गर्ने गरी अमेरिकी र बंगलादेशी संयुक्त कम्पनी ‘डेकाटु टाइगर’ सित सम्झौता गरेको छ ।
अहिलेसम्म करिब ५ हजार गाडीमा मात्र जडान गरिएको छ ।
काम गर्ने अवधि २ वर्ष मात्र बाँकी रहेकाले सरकारलाई ठूलो घाटा भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
करार सम्झौताअनुसार हुन्थ्यो त प्रत्येक महिना ३५ हजारदेखि ४० हजार नम्बर प्लेट जडान भई समयमै काम सकिने ती अधिकारीको भनाइ छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS