काठमाण्डौं – ब्रिटानिया बिस्कुटले दुई महिनासम्ममा नेपालबाटै उत्पादन सुरु हुने बताएको छ । भारतको लोकप्रिय ब्राण्ड ब्रिटानियाले शतप्रतिशत वैदेशिक लगानीमा वीरगंजमा उद्योग स्थापनाको काम सुरु गरेको थियो।
उद्योगका मानव संशाधन प्रवन्धक प्रमोद आचार्यले उद्योगको पूर्वाधारको काम ८० प्रतिशत पूरा भइसकेको बताएका छन् ।१ अर्ब ११ करोडको लागतमा करिब २ विघा जग्गामा निर्माण भइरहेको उद्योगको मेशिन जडानको काम भइरहेको जानकारी दिए । उनले दुई महिनाभित्र उद्योगबाट विस्कुट उत्पादन सुरु हुने जानकारी दिए।
उद्योगले प्रोडक्शन म्यानेजरमा संजीव बडोरा, गुणस्तर डिपार्टमेन्टको प्रवन्धकमा धर्म शाक्यलाई नियुक्त गरिसकेको छ ।शाक्यका अनुसार उद्योगबाट १० ब्रान्डको ब्रिटानियाको बिस्कुट उत्पादन गर्ने लक्ष्य रहेको बताए ।
वार्षिक १४ हजार टन बिस्कुट उत्पादन गर्ने उद्योगको क्षमता छ। उद्योगले गुडडे,बरबन,डाइजेस्टिम,टाइगरलगायत लोकप्रिय बिस्कुट उत्पादन हुनेछ।
यो उद्योगले नेपालको बिस्कुट बजारमा करिब १ अर्बको बर्षेनी कारोबार गर्ने जनाएको छ ।हाल पनि भारतमा निर्माण हुने बिस्कुटले नेपालमा २० प्रतिशत बजार हिसा ओेगटेको कम्पनीले दावी गरेको छ ।
FACEBOOK COMMENTS