२१ असोज, काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सेवाबारे सबै जानकारी सजिलै उपलब्ध गराउने उद्देश्यका साथ सरल बैंकिङ सेवा सञ्चालनमा ल्याइएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने कर्जा तथा व्याजदरसहित बैंकिङसम्वन्धी सम्पूर्ण जानकारी एउटै छातामुनि प्रदान गर्ने उद्देश्यले यो सेवा सञ्चालनमा आएको हो ।
आज घटस्थापनाको दिनदेखि सेवा सुरु भएको कम्पनीले जनाएको छ । सरल बैंकिङ्ग सेवामार्फत बैंक तथा वित्तिय संस्थाहरुले उपलब्ध गराउने निक्षेप कर्जा तथा ब्याजदरको तुलना गर्न सकिने छ ।
साथै, यसमा आफैंले कर्जाको लागि आवश्यक मासिक किस्ता (इएमआई) तथा इलिजिबिलिटी क्याल्कुलेट (योग्यता मापन) गर्न सकिनेछ । यसमा बैंक तथा वित्तिय संस्थाहरुले प्रदान गर्ने क्रेडिट कार्डबारे समेत जानकारी उपलब्ध छ ।
सानोभन्दा सानो जानकारी प्राप्त गर्न पनि बैंक तथा वित्तिय संस्थाहरु धाउनु पर्ने बाध्यताको अन्त्य गर्न पनि यस प्रकारको सेवाको सुरुवात गरेको कम्पनीका प्रवन्ध निर्देशक सुनिसकुमार लाखेले जानकारी गराएका छन् ।
FACEBOOK COMMENTS