२२ असोज, काठमाडौं । यस वर्षको दसैं र तिहारका लागि बुधबारसम्म करिब २५ अर्ब रुपैयाँ बराबर नयाँ नोट नेपाल राष्ट्र बैंकबाट बाहिरिएको छ ।
सर्वसाधारणले ५ देखि एक सय रुपैयाँसम्मका करिब ९ अर्ब रुपैयाँ र बैंक तथा वित्तीय संस्थाले ५ सय र हजार दरका करिब १६ अर्ब रुपैयाँ राष्ट्र बैंकबाट लिएका छन् । राष्ट्र बैंकले गत भदौ अन्तिम सातादेखि सर्वसाधारण र असोज ४ देखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिन सुरु गरेको थियो । आउँदो सोमबारसम्म नयाँ नोट वितरण हुने राष्ट्र बैंकले जनाएको छ ।
यस बर्ष थप ३ अर्ब रुपैयाँको माग आइसकेको छ, यसका आधारमा यो वर्ष करिब ३० अर्ब रुपैयाँको नयाँ नोट बाहिरिने अनुमान राष्ट्र बैंकले गरेका छ ।
गतबर्ष कोरोनाका कारणले नयाँ नोट वितरण गरेको थिएन । अघिल्लो वर्ष पनि बैंक तथा वित्तीय संस्था र सर्वसाधारणलाई गरी करिब ३० अर्ब रुपैयाँ नयाँ नोट राष्ट्र बैंकबाट बाहिरिएको थियो ।
FACEBOOK COMMENTS