काठमाडौं । गायक भुवन दाहाल र गणेश ओझाको स्वरमा रहेको दसैं तिहार विशेष गीत ‘दाइ परदेशी’ सार्वजनिक भएको छ । नेपालीहरूको महान चाड दसैं तिहारलाई मध्यनजर गर्दै गीत सार्वजनिक गरिएको लगानीकर्ता एवं गायक गणेश ओझाले बताए ।
हाम्रो समाजमा अझै पनि आर्थिक अवस्था कमजोर भई थलिएको परिवारले चाडपर्व हर्षाेल्लासका साथ कहिल्यै मनाउन नसकेको यथार्थ चित्रण गीतमार्फत् गरिएकोले धेरैले रुचाउने उनको भनाइ छ। भिडियाेकाे निर्देशक सुरेन्द्र संगम डोट्याल बड्डोले निर्देशन गरेका छन् ।
साधक रेकर्डिङ स्टुडियो धनगढीमा रेकर्ड भएको उक्त गीतको एरेन्ज संगीतकार शिशिर साधकले गरेका हुन् । म्युजिक भिडियाे युट्युब च्यानल समर्पण मिडिया धनगढीबाट हेर्न सकिन्छ ।
FACEBOOK COMMENTS