काठमाडौं -राष्ट्रिय उद्योग बाणिज्य महासंघले दलाल पुँजीवादका कारण अर्थतन्त्र फस्टाउन नसकेको निष्कर्ष निकालेको छ । चितवनमा भएको दोश्र्रो राष्ट्रिय सम्मेलनले तय गरेका निती तथा कार्यक्रम सार्वजनिक गर्न आयोजीत पत्रकार सम्मेलनमा महासंघले दलाल पुँजीवादकै कारण अर्थतन्त्रमा अनेकखाले संक्रमण देखिएको निष्कर्ष निकालेको हो ।
महासंघका अध्यक्ष श्रीकृष्ण बस्नेतले नेपालमा औद्योगिक विकासको पर्याप्त संभावना हुँदाहुदै पनि देशमा दलाल पुँजीबादी अर्थतन्त्रको बाहुल्यताका कारण समग्र अर्थतन्त्र नै धरासायी हुदै गएको आरोप लगाए । देशमा रहेका प्रशस्त स्रोत तथा साधनको सदुपयोग नगरी देशको श्र्रम, सिप र पुँजी विदेसिएकोमा पनि उनको आपत्ति रहेकोे छ ।
उद्योग व्यवसायमा दलाल पुँजीपतिहरुको सिण्डीकेटले गर्दा निश्चित व्यक्ति भन्दा बाहेक आम उद्योगी व्यवसायीहरुको उद्योग धन्दा तथा व्यवसाय दिनानुदिन खस्किँदै गैरहेको पनि उनले बताए । उनले भने,‘जसको प्रतक्ष मारमा कम पुँजी हुने साना व्यवसायीहरु र राष्ट्रिय उद्योगीहरु रहेका छन ।’
विगतमा सञ्चालित राष्ट्रिय उद्योग कलकार खानाहरु प्नि निजीकरणको नाममा समाप्त पारिएको उनले गम्भिर आरोप लगाए । उनले भने,‘देशमा भएका औद्योगिक कच्चा पदार्थहरु कौडीको भाउमा बिदेशमा निर्यात भईरहेका छन् । समग्रमा भन्नुपर्दा देश पुरै पर निर्भरतामा चलिरहेका देखिन्छ ।’
श्रम, सिप र पुँजीको पलाएन, राजश्व तथा कर असुली सम्बन्धी फितलो कानुनी व्यवस्था, राज्यका निकायहरुबाट दिईने अनावश्यक झन्झट, अस्वस्थ प्रतिस्पर्धा र गुणस्तरहिन सामग्रीको बिक्रीबितरण तथा कर्जा प्रक्रिया र चर्को ब्याजदर आदी उद्योगीहरुका प्रमुख समस्या रहेका पनि महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS