काठमाडौं । चाडबाड सुरु हुनासाथ प्राय नेपालीको घरघरमा खसी, बोका, राँगा जस्ता रातो मासु हुने जनावरको मासु बढी प्रयोग हुने गर्दछ । चिकित्सकले भने रातो मासु पोलेर, भुटेर अधिक बोसो भएको प्रयोग नगर्न सुझाव दिदै खानपानमा ध्यान दिन अनुरोध गरेका छन् ।
अधिक बोसोले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने चिकित्सकको भनाइ छ । यसले मुटु, मिर्गौला, मधुमेह, उच्च रक्तचापसँगै क्यान्सर हुने जोखिम बढ्ने ग्रांडी इन्टरनेसनल हस्पिटलका चिकित्सक डा.बिनय रेग्मी बताउछन । उनका अनुसार बोसो बढी भएको मासु खाँदा मोटोपना बढ्नु को साथै सरिरमा चिनीको मात्रा बढने सम्भावना उच्च रहने उहाँको भनाइ छ ।
बोसोसँगको खानाले १२ घण्टासम्म चिनीको मात्रा बढाइरहन्छ । राति बोसोसहितको खाना खाँदा बिहानसम्म यसको प्रभाव रहिरहने रेग्मीको भनाइ छ ।
बोसो बढी भएको मासु खाँदा एलडिएल कोल्डस्ट्रोर, ट्राइग्लिसिराइडको मात्रा बढ्ने हुदा पोलेको, भुटेको र अधिक बोसो भएको मासु स्वास्थ्यका लागि हानिकारक हुनाले बोसोरहित मासु कम खान उहाँको सुझाव छ ।
चाडपर्बको समयमा धरै मानिसले खानपिनमा ध्यान नदिँदा चाडपर्ब सकिदा नसकिदै लगत्तै धेरै मानिसहरुमा झाडाबान्ता, कब्जियत , युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने र उच्च रक्तचाप, मुटु, र मधुमेह जस्ता समस्याका बिरामी पनि बिस्तारै बढ्ने उहाँको तर्क थियो ।
एकैपटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसबाट रोगलाई बढावा दिनेबाहेक अन्य केही नपाइने जनाउँदै डा। रेग्मीले भन्नुभयो, बोसो नभएको ताजा मासु थोरै थोरै गरेर खाउ मासुमा मात्र जोड नदिउ हरियो सागपात,फलफूल पनि खाउ चाडपर्बमा मासु मात्र खान पर्छ भन्ने पनि छैन,आफ्नो स्वास्थमा ख्याल गरौ,जथाभावी खाएर रोग ननिम्त्याउन र चाडपर्बकै कारण रोगी नबनौ भन्ने उहाँको अनुरोध रहेको थियो ।
FACEBOOK COMMENTS