काठमाडौं । कुमारी बैंकले कात्तिक १६ गते वार्षिक साधारणसभा बोलाएको छ । कोरोना महामारीका कारण उक्त सधारणसभा भने अनलाइन माफृत हुने भएको छ । त्यसको लागि बैंकले सहभागी हुन चाहने लगानीकर्तालाई जुम आईडी र पासवर्ड दिने भएको छ ।
साधारणसभाको लागि भन्दै बैंकले कात्तिक ८ गतेको लागि बुकक्लोज गर्ने भएको छ । ७ गतेसम्म कायम रहेका सेयरधनीले साधारणसभामा भाग लिनुका साथै प्रस्तावित लाभांश पनि पाउने छन् ।
बैंकले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.६७ प्रतिशत नगदसहित ८.६७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव साधारणसभामा लगिने छ ।
त्यस्तै साधारणसभामा लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव रहेका छन् । उक्त प्रस्ताव साधारणसभाले पारित गरेपछि लगानीकर्ताले लाभांश पाउनेछन् ।
FACEBOOK COMMENTS