काठमाडौ । हिन्दु धर्मावलम्बीहरुको महान पर्व हो दसैं । यो पर्व नेपालमा मात्र नभएर अन्य देशमा पनि मनाइन्छ ।
जुन ठाँउमा हिन्दु मान्नेहरु हुन्छन त्यहाँ दसैं पर्व मान्ने प्रचलन रहेको छ । त्यस्ता ठाँउहरुमा नवरात्रसम्म विभिन्न शक्ति पीठमा पूजा आराधना गर्ने गर्छन् । छिमेकी मुलुक भारतका विभिन्न राज्यमा दसैं मनाइन्छ । भारतमा नवदुर्गाको पुजा गरिन्छ ।
सिक्किम, दार्जलिङलगायतका नेपालभाषीको बाहुल्यता रहेको क्षेत्रमा यो पर्व मान्ने, टिका लगाउने प्रचलन रहेको छ । भारतबाहेक वंगलादेश बर्मा, थाइलेन्ड, भुटान, श्रीलंका र मलेसियामा पनि दसैं मनाइन्छ । मनाउने शैलीे फरक भए पनि अधिकांशले नवदुर्गाको पुजा आरधना गर्छन् ।
पश्चिम बंगालमा नवदुर्गा पूजाको आरधना गरेर मनाइन्छ । तमिलनाडु, आंध्र प्रदेश, र कर्नाटकमा दसै मनाइन्छ । लक्ष्मी, सरस्वती र दुर्गाको पूजा गरिन्छ ।
गुजरातमा दसैको अवसरमा गरबा नृत्य गरिन्छ । त्यस्तै, महाराष्ट्रमा देवीको पुजा आराधना गरेर मनाइन्छ । कश्मीरका हिन्दूले नवरात्रि मनाउँछन् । परिवारका सबै वयस्क नौ दिनसम्म उपवास बस्छन् । भक्तजनरू नवरात्रीभर माता भवानीको दर्शन गर्छन् । नवरात्रीमा तालको बीचमा रहेको एउटा माता भवानीको मन्दिरमा दर्शन गर्न जानेको भीड उल्लेख्य हुन्छ ।
करिब १ लाख नेपालभाषी रहेको बर्मामा पनि दसै मनाइन्छ । नेपालभाषीको बाहुल्यता रहेको पूर्वराजधानी सहर यांगुन, मन्डला पिन यु एलवीन, मोगोक, तमु, कलामयो, ताउनगीमा दसैं मनाइन्छ ।
बगलादेशमा पनि दसैं मनाइन्छ । हिन्दु धर्मालम्बीले नवदुर्गाको पुजा आरधना गर्छन् । त्यस्तै बौद्ध धर्मालम्बीहरूको बाहुल्यता रहेको श्रीलंकामा पनि हिन्दुहरूले दसैं मनाउँछन् । त्यसैगरी मलेसिया, थाइलेन्ड इन्डोनेसियाका हिन्दुहरुले मनाउँछन् । त्यती मात्रै नभएर नेपालीहरु रहेको अमेरिका, अष्ट्रृेलिया, जापान लगायतका देशमा परम्परा अनुसार पुजाआराधना गरेर टिका, जमरा लगाउने प्रचलन रहेको छ ।
FACEBOOK COMMENTS