काठमाण्डौँ — सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमु सुरु गरेको छ ।
यो कार्यक्रम अन्तर्गत बेरोजगार परिवारलाई सरकारले भत्ता दिने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राष्ट्रिय सभागृहमा भएको एक समारोहबीच यो कार्यक्रमको उद्घाटन गरेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो कार्यक्रम सुरु गरेको हो ।
यो कार्यक्रमको सबैभन्दा महत्तवपूर्ण पक्ष सरकारले एक आर्थिक वर्षमा न्यूनतम १ सय दिनको रोजगारी दिन नसके १ सय दिनकै निर्वाह भत्ता दिनेछ ।
तर सरकारले दिने भत्ता लिनका लागि व्यक्तिले आफूलाई बेरोजगारको सूचीमा दर्ता गराउनुपर्ने छ ।
यससँगै सकारले तोकेको कडा मापदण्ड पनि सम्बन्धित व्यक्तिले पुरा गर्नुपर्ने हुन्छ ।
बेरोजगार भत्ताका लागि सम्बन्धित स्थानीय तहले निर्णय गरेपछि जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालय सिफारिस हुनुपर्नेछ ।
यसरी सिफारिस भइसकेपछि सरकारले सम्बन्धित व्यक्तिको बैंक खातामा बेरोजगार भत्ता दिनेछ ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS