तपाईहरुले आफ्नो मबाइलमा पहिला म:म र चियाका रमाइला तस्वीर देख्नु नै भयो होला । यो तस्बिर केही दिनयता सामाजिक सञ्जालमा भाइरल भइ रहेको छ ।
सुरुमा एउटा बालकले म:मको डल्लो लिएर भागेको र आमाले लखटेको तस्वीर भाइरल भयो । यो तस्बिर मन परेर प्रयोगकर्ताहरुले सेयर गर्न थाले । त्यसको भोलिप्लट चियाका पारखीहरुका लागि आयो चियाका तस्वीर । यो पनि पहिलो तस्बिर जस्तै भाइरल हुन थाले । अहिले त सामाजिक सञ्जाल हेर्दा एउटा न एउटा तस्वीर त एआईले बनाएको भेट्नु नै हुन्छ । हेरेकको मुखमा एआईका तस्वीर बसी सक्यो । यती मात्र हैन न्यूज मिडियाले समेत एआईका फोटो प्रयोग गर्न थालि सकेका छन् ।
यी तस्बिर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुलबाट र्निमित तस्वीरहरू हुन् । केही शब्द दिएको भरमा तस्बिर बनाउने अर्थात् टेक्स्ट टू इमेज एआई टुलहरू निकै धेरै बनिसकेका छन् । तपाईलाईपनि यस्तै सामाजिक सञ्जालमा भाइरलभईरहको तस्वीर कसरी बनाउने कुन एआईबाट बनाउने भन्ने लागेको होला । आज हामी यसकै बारेमा चर्चा गर्दै छौँ । कुनकुन एआईबाट तस्वीर बनाउन सकिन्छ त हेरौँ ।
१, बिङ एआई इमेज क्रिएटर
माइक्रोसफ्टको सर्च इन्जिन बिङले डाल–ई३ को प्रयोग गरेर लेखेको भरमा तस्वीर बनाउँछ । धेरैजसो नेपाली प्रयोगकर्ताले यसै एआईको प्रयोग गरेर तस्वीरहरू बनाइरहेका छन् ।
इन्टरनेटमा बिङ एआई इमेज क्रिएटर सर्च गरेर त्यहाँ इमेलमार्फत वा अन्य सोसल मिडियाका माध्यमबाट आफ्नो अकाउन्ट बनाएर विभिन्न प्रम्प्ट राखेर तस्वीर बनाउन सकिन्छ । यसले नेपाली भाषामा दिएको निर्देशन अनुसार समेत तस्वीर बनाउन सक्छ ।
२, लिओनार्दाे एआई
लिओनार्दाे एआईले पनि शब्दकै भरमा राम्रो तस्वीरहरू बनाउँछ । लिओनार्दाे एआई सर्च गरेर यसको वेबसाइटमा गएर अकाउन्ट बनाएर यो प्रयोग गर्न सकिन्छ ।
आफूलाई चाहिएअनुसारको फोटो बनाउन अक्षरमा लेखेर त्यस्तै प्रम्प्ट वा निर्देशन दिनुपर्ने हुन्छ । त्यसो गरे आफुले लेखे अनुसारको ४ वटा चित्र उसले प्रस्तुत गर्दछ
३, क्यान्भा एआई इमेज क्रिएटर
क्यान्भाले पनि एआई इमेज क्रिएटर सुविधा थपेको छ । क्यान्भा एआई इमेज क्रिएटरबाट पनि शब्दमा लेखेका भरमा एआईबाट तस्वीर बनाउन सकिन्छ ।
४, पिक्सआर्ट एआई इमेज क्रिएटर
पिक्सआर्टले पनि एआईबाट तस्वीर बनाउन सकिने सुविधा थपेको छ । पिक्सआर्ट टेक्स्ट टू इमेज जेनेरेटरबाट पनि लेखेका भरमा तस्वीर बनाउन सकिन्छ ।
यस्तै, एडोबी फायरफ्लाई, क्रेयोन, ड्रिम डट एआई, नाइटक्याफे, ड्रिमस्टुडियो र मिडजोर्नी एआई टुलबाट पनि शब्दमा लेखेका भरमा तस्वीरहरू बनाउन सकिन्छ ।
इन्टरनेटमा सर्च गर्दा यस्तै अनेकौँ टेक्स टू इमेज क्रिएटर वेबपेजहरू एवं एआई टुलहरू भेटिन्छन् । यी टुलसहरु प्रयोग गरेर अब तपाईपनि बनाउन सक्नु हुन्छ एआई मार्फत फोटो ।
FACEBOOK COMMENTS