काठमाडौं । विश्वभरका १३० भन्दा बढी परोपकारी संस्थाहरूले इजरायल र अमेरिका समर्थित गाजा मानवीय फाउन्डेसन बन्द गर्न माग गरेका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै यी संस्थाहरूले मानवीय फाउन्डेसन ले सञ्चालन सुरु गरेदेखि सहयोग खोज्दै गर्दा ५०० भन्दा बढी प्यालेस्टिनीहरू मारिएका र चार हजारभन्दा बढी घाइते भएको बताएका उल्लेख गर्दै यसलाई बन्द गर्न आग्रह गरेका हुन् ।
अक्सफाम, सेभ द चिल्ड्रेन र एम्नेस्टी लगायत धेरै संस्थाहरूले इजरायली सेना र सशस्त्र समूहहरूले सहयोग खोजिरहेका प्यालेस्टिनीहरूमाथि ‘नियमित रूपमा’ गोली चलाउने गरेको बताएका छन् ।
अर्कोतर्फ इजरायलले आफ्ना सैनिकहरूले सहयोग खोजिरहेकाहरूमाथि जानाजानी गोली चलाएको कुरा अस्वीकार गर्दै आएको छ ।
मानवीय फाउन्डेसनको बचाउ गर्दै, इजरायलले हमासको हस्तक्षेपलाई बेवास्ता गर्दै खाँचोमा परेकाहरूलाई प्रत्यक्ष सहायता प्रदान गर्ने बताएको छ । परोपकारी संस्थाहरूले संयुक्त विज्ञप्तिमा फाउन्डेसनले मानवीय कार्यका सबै मापदण्डहरू उल्लङ्घन गरिरहेको बताएका छन् ।
मानवीय फाउन्डेसनसँग दैनिक २० लाख मानिस सम्बन्धित रहेको र उनीहरुले हरेक दिन इजरायलको तर्फबाट हुने गोलीबारीको सामना गरिरहेका छन् ।
FACEBOOK COMMENTS