काठमाडौं । कैलालीको धनगढीमा अनशनरत प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ । बिहीबारदेखि धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा अनशनरत डा. केसीको स्वास्थ्यमा जटिल समस्या देखिएको हो ।
सेती प्रादेशिक अस्पतालका चिकित्सकले स्वास्थ्य परीक्षण गर्दा डा. केसीको रक्तचाप ११०–९० देखाएको छ । यस्तै, रगतमा सुगरको मात्रा ५० मापन भएको छ । डा. केसीलाई आईसीयूमा भर्ना गर्न सुझाव दिइएको चिकित्सकले बताएका छन् ।
यस्तै, डा. केसी अनशनरत स्थानबाहिर प्रदर्शन भइरहेको छ । डा. केसीले दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यायको नियुक्ति खारेजीको माग गर्दै अनशन बसेको भन्दै संघर्ष समितिले ‘गोविन्द केसी गो ब्याक’ भन्दै उनीविरुद्ध नाराबाजी गरिरहेका छन् । कृष्ण मन्दिरको धर्मशालाबाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।