काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसी सुन प्रकरणमा जाँचबुझ आयोगले दोषी देखाएकाहरूलाई कारबाही गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गरे।
उनले भने, ‘यसअघि पनि ३३ किलो सुन प्रकरणमा छानबिन समितिले बुझाएको प्रतिवेदन २०७५ सालमा गायब गरियो। त्यो प्रधानमन्त्री र गृहमन्त्रीलाई बुझाइएको थियो। अहिलेको प्रतिवेदन पनि हराउने काम नहोस्, जो दोषी छन् सबैलाई कारबाही होस्।’
उनले संसद्बाट एनसेल प्रकरणको पनि प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरे।
FACEBOOK COMMENTS