काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर जलाएको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठनका नेता निराजन बमलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई चितवनको भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।
हिजो शनिबार मकवानपुरको हेटौंडामा भएको एक कार्यक्रममा बमले राजा र राजसंस्थाविरुद्ध लाञ्छना लगाउँदै अभिव्यक्ति दिएको भन्दै प्रचण्डको तस्बिर जलाएका थिए ।
यो पनि पढ्नुहोस्–
सांसदकै अगाडि जलाइयो माओवादी अध्यक्ष प्रचण्डको तस्बिर
FACEBOOK COMMENTS