विशेष गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको विभागले बताएको छ । यो वर्षाका कारण आएको बाढी तथा पहिरोबाट देशका विभिन्न ठाउँमा ठूलो क्षति हुनाका साथै जनजीवन प्रभावित समेत भएको छ ।
बाढीका कारण काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न खोला तथा नदी किनारका सडक ठाउँ–ठाउँमा अवरुद्ध भएका छन् । सडकभरि बाढी पस्दा आवागमन प्रभावित भएको छ ।
तस्बिरहरूमा हेर्नुहोस् बाढी तथा पहिरोको वितण्डा–
मङ्गलबार राति परेको अविरल वर्षाका कारण भक्तपुरको राधेराधे क्षेत्रको हनुमन्ते खोलामा बढेको पनाीको सतह । हनुमन्ते खोलाको बाढी बस्तीमा पसेपछि यहाँका एक सय भन्दा बढी घर डुबानमा परेका छन् ।मङ्गलबार राति परेको अविरल वर्षाका कारण कमेरोटार जग्गा एकीकरण आयोजनाको माथिल्लो बस्ती र मध्यपुरथिमि नगरपालिकाले मिसाएको बोडे, बाहखा र सिण्टिटारको बस्तीको ढल फुटेर बस्तीमा पसेपछि मध्यपुरथिमि नगरपालिका‐५ राधेराधे संगम कोलोनीमा डुबानमा परेको सडक।मङ्गलबार राति परेको अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि मध्यपुरथिमि नगरपालिका‐९ राधेराधेको तल्लो बस्तीस्थित एक पसलमा पसेको बाढी ।मङ्गलबार रातिदेखि परेको अविरल वर्षाले बुधबार बिहान बिष्णुमती नदीमा पानीको बहाब बढेर नयाँबसपार्क क्षेत्रको बिष्णुमती नदी छेउका बस्तीमा पानीपरेपछि हिलाम्मे भएका सडक सफा गर्दै स्थानीय ।टोखा नगरपालिका-९ मा गयराति परेको पानीले बिष्णुमती नदीमा पानीको बहाब बढेर नयाँवसपार्क क्षेत्र बिष्णुमति नदी छेउका घर भित्र पसेको पानी ।अविरल वर्षाका कारण ईखुवा खोलामा मङ्गलवार राति आएको बाढीले भोजपुरको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधिन ईखुवा हाइड्रोपावरमा क्षति पुगेको छ । बाढीमा परेर दुई जना मजदुर बेपत्ता भएका छन भने एक जनाको उद्धार गरिएको छ ।मङ्गलबार रातिदेखि परेको अविरल वर्षाले बुधबार बिहान बेँसीसहर-चामे सडक अन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका-६ बेलौतीबिसना नजिकै झरेको पहिरो । पहिरो झरेर सडक अवरुद्ध हुँदा यात्रु समस्यामा परेका छन् ।अविरल वर्षाका कारण ईखुवा खोलामा मङ्गलवार राति आएको बाढीले भोजपुरको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधिन ईखुवा हाइड्रोपावरमा क्षति पुगेको छ । बाढीमा परेर दुई जना मजदुर बेपत्ता भएका छन भने एक जनाको उद्धार गरिएको छ ।
FACEBOOK COMMENTS