काठमाडौं । कुमारी बैंकले ‘देशै भरि बर्षै भरि’ उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि युएसएडसँगको साझेदारीमा सञ्चालन गर्दै आएको नियमित उद्यमी प्रशिक्षण अभियान अन्तर्गत बेलबारी नगरपालिका, मोरङ्गसँगको समन्वयमा उद्यमी प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रमले बेलबारीका उद्यमीहरुको व्यावसायिकता विकास गर्दै उनीहरुको आर्थिक तथा सामाजिक समृद्धिमा योगदान पुर्याउने उद्देश्य राखेको थियो। बैंकले वित्तीय ज्ञान, सिप, मनोबल अभिवृद्धि र व्यवहारिक विकासका माध्यमबाट उद्यमशिलताको प्रगतिमा सहयोग पुर्याउने आफ्नो प्रतिबद्धता जनाउँदै प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो।
यस अभियानअन्तर्गत कुमारी बैंकले वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, ‘कुमारीजी’ एप, तथा राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुद्वारा अभिनय गरिएका सन्देशमूलक भिडियो र सचेतनामूलक सामग्रीहरु विकास गरी नियमित प्रकाशन र प्रशारण गर्दै आएको छ। यस अभियानले स्थानिय निकायका उद्यमी सोचलाई प्रवद्र्धन गर्दै आर्थिकरुपमा समृद्ध समाज र राष्ट्र निर्माणमा योगदान पुर्याउने लक्ष्य लिएको छ।
बैंकले आफ्नो स्थापनाको २३ वर्षदेखि देशभर ३०२ शाखा, ३१९ एटिएम, ५० एक्सटेन्सन काउन्टर, र ५४ शाखारहित बैंकिङ्ग इकाईमार्फत अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ। आगामी दिनहरुमा बैंकले अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कुमारी बैंकले यस प्रकारका प्रशिक्षण कार्यक्रमहरु देशभरि नै निरन्तर सञ्चालन गर्दै समाजमा उद्यमशिलता प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छ।
FACEBOOK COMMENTS