काठमाडौं । बैंकहरूको निक्षेप संकलन एकदिनमा ७ अर्बले बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार असार ३० गते, बिहीबारसम्म बैंकहरूको निक्षेप ५१ खर्ब २ अर्ब रूपैयाँ रहेकोमा एकदिनमा ७ अर्बले बढेर असार ३१ गते कुल ५१ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप पुगेको हो ।
यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि एक अर्बले बढेर ४५ खर्ब ४ अर्ब पुगेको छ ।
बैंकहरूको कर्जा प्रवाह भने २ अर्बले घटेर ४६ खर्ब ७७ अर्ब रूपैयाँमा झरेको छ । वाणिज्य बैंकहरूको कर्जा लगानी पनि ३ अर्बले घटेर ४१ खर्ब ४६ अर्ब रूपैयाँमा झरेको छ ।
बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८६.७५ प्रतिशतबाट घटेर ८६.४९ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS