काठमाडौं, १ कात्तिक । बैंकहरुले कात्तिक महिनामा मुद्दती निक्षेप तथा बचतको ब्याज नबढाउने निर्णय गरे पनि कर्जाको ब्याज भने बढाउने भएका छन् । वाणिज्य बैंकहरुले कात्तिक १ गते अर्थात आजदेखि लागू हुनेगरी कर्जा प्रबाहमा ब्याज बढाउने भएका हुन् ।
बैंकहरुले ब्याज बढाउने भएसँगै कात्तिकमा कर्जा लिने ऋणीले १८ प्रतिशतभन्दा बढी ब्याज तिनुपर्ने भएको छ । बैंकहरुले प्रकाशित गरेको कर्जाको नयाँ ब्याजदरअनुसार कात्तिकमा कर्जाको ब्याजदर १८.२८ प्रतिशतसम्म पुगेको हो । कात्तिक महिनामा सबैभन्दा बढी बैंक अफ काठमाण्डूको ब्याजदर १८.२८ प्रतिशत र सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंकको १२.८६ प्रतिशत ब्याज रहेको छ ।
अहिले बैंकहरुको औषत आधारदर ९.९२ प्रतिशत रहेको छ । औषतभन्दा कम आधारदर तोक्ने १० वटा बैंक रहेका छन् भने बाँकी बैंकको आधारदर औषतभन्दा बढी रहेको छ । औषतभन्दा कम आधारदर तोक्ने बैंकहरुमा एभरेष्ट बैंक ९.२५, स्टयान्डर्ड चार्टर्ड बैंक ८.४५, नेपाल इन्भेष्टमेन्ट बैंक ९.१३, कृषि विकास बैंक ९।२७, राष्ट्रिय वाणिज्य बैंक ७.८६, सिद्धार्थ बैंक ९.८५, नेपाल बैंक ८.९१, प्रभु बैंक ९.६२ र नबिल बैंक आधारदर ८.७७ प्रतिशत रहेको छ । यी बाहेक अरु बैंकको आधारदर औषतभन्दा बढी रहेको छ ।
सबैभन्दा बढी आधारदर भएको बैंकमा सिभिल बैंक रहेको छ । सिभिल बैंकको आधारदर ११.१५ प्रतिशत रहेको छ । सिभिल बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशतसम्म प्रिमियम थपिन्छ । यसरी हेर्दा सिभिल बैंकबाट कर्जा लिँदा १८.१५ प्रतिशत ब्याज लाग्ने छ ।
यस्तै बैंक अफ काठमाण्डूको आधारदर पनि १० प्रतिशतभन्दा बढी छ । यो बैंकको आधारदर १०.२८ प्रतिशत छ भने प्रिमियम ८ प्रतिशत थप्दा यो बैंकको ब्याजदर १८.२८ प्रतिशत पुग्छ । सबैभन्दा कम ब्याज सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । राष्ट्रिय वाणिज्य बैंकको आधारदर ७.८६ प्रतिशत र ५ प्रतिशत प्रिमियम थप्दा १२.८६ पुग्छ ।

यस्तै माछापुच्छ्रे बैंकबाट कर्जा लिँदा अधिकतम १७।८७ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०।३६ प्रतिशत रहेको छ । त्यसमा ७.५ प्रतिशत प्रिमियम थपिने छ । सनराइज बैंकबाट कर्जा लिँदा १७.८१ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.८१ प्रतिशत रहेको छ । कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपिनेछ । त्यस्तै यस्तै सेन्चुरी बैंकबाट कर्जा लिँदा १७.७५ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.७५ प्रतिशत रहेको छ । आधारदरमा ७ प्रतिशत प्रिमियम थपिनेछ ।

एनसीसी बैंकबाट कर्जा लिँदा १७.५२ प्रतिशतसम्म ब्याज लाग्नेछ । बैंकको आधारदर १०.५२ प्रतिशत रहेको छ भने त्यसमा ७ प्रतिशत प्रिमियम थपिने छ । त्यस्तै मेगा बैंकबाट कर्जा लिने ऋणीले १७.४६ प्रतिशत ब्याज तिर्नु पर्नेछ । अहिले बैंकको आधारदर १०.४६ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ७ प्रतिशत प्रिमियम थपिनेछ ।

कुमारी बैंकबाट कर्जा लिँदा १७.३७ प्रतिशतसम्म ब्याज लाग्नेछ । बैंकको आधारदर १०.८७ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ६.५ प्रतिशत प्रिमिमय थपिने छ । सानिमा बैंकबाट कर्जा लिँदा १७.०४ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.०४ प्रतिशत रहेको छ । त्यसमा ७ प्रतिशत प्रिमियम थपिनेछ ।
प्राइम बैंकबाट कर्जा लिँदा १६.९८ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर ९.९९ प्रतिशत रहेको छ । त्यसमा ६.९९ प्रतिशत प्रिमियम थपिनेछ । यस्तै एनआईसी एशिया बैंकबाट कर्जा लिँदा १६.८३ प्रतिशतसम्म ब्याज लाग्नेछ । बैंकको आधारदर १०.३३ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ६.५ प्रतिशतसम्म प्रिमियम थपिने छ । प्रभु बैंकबाट कर्जा लिँदा १६.६२ प्रतिशतसम्म ब्याज लाग्नेछ । बैंकको आधारदर ९.६२ प्रतिशत रहेको छ । त्यसमा ७ प्रतिशत प्रिमियम थपिनेछ ।
त्यस्तै सिटिजन्स बैंकबाट कर्जा लिँदा १६.५५ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.५५ प्रतिशत रहेको छ । आधारदरमा ६ प्रतिशत प्रिमियम थपिनेछ । लक्ष्मी बैंकबाट कर्जा लिँदा १६.३१ प्रतिशत अधिकतम ब्याज लाग्नेछ । बैंकको आधारदर १०.३१ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ६ प्रतिशत प्रिमियम थपिनेछ । त्यस्तै एभरेष्ट बैंकबाट कर्जा लिदाँ अधिकतम १६.२५ प्रतिशतसम्म ब्याज तिर्नु पर्नेछ । बैंकको आधारदर ९.२५ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ७ प्रतिशत प्रिमियम थपिने छ ।
त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकबाट ऋण लिँदा १६.१३ प्रतिशत ब्याज तिुर्न पर्ने हुन्छ । यो बैंकको आधारदर ९.१३ प्रतिशत रहेकोछ । बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपिने छ । नेपाल एसबीआई बैंकबाट कर्जा लिँदा ऋणीले १६.०६ प्रतिशतसम्म ब्याज तिर्नु पर्ने छ । यो बैंकको आधारदर १०.०६ प्रतिशत रहेको छ । आधारदरमा ६ प्रतिशत प्रिमियम थपिने छ ।
यस्तै एनएमबी बैंकबाट कर्जा लिँदा १६.२ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.०२ प्रतिशत रहेको छ । त्यसमा ६ प्रतिशत प्रिमियम थपिनेछ । ग्लोबल आइएमई बैंकबाट कर्जा लिँदा १६.१ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.१ प्रतिशत रहेको छ । त्यसमा ६ प्रतिशत प्रिमियम थपिनेछ ।
कात्तिक महिनाका लागि स्टयान्डर्ड चार्टर्ड बैंकबाट कर्जा लिँदा १५.९५ प्रतिशत ब्याज तिर्नु पर्नेछ । बैंकको आधारदर ८.४५ प्रतिशत रहेको छ भने त्यसमा ७.५ प्रतिशत प्रिमियम थपिनेछ । त्यस्तै हिमालयन बैंकबाट कर्जा लिँदा १५.८८ प्रतिशत ब्याज लाग्नेछ । जसको आधारदर ९.८८ प्रतिशत रहेको छ भने त्यसमा ६ प्रतिशत प्रिमियम थपिनेछ । यस्तै सिद्धार्थ बैंकबाट कर्जा लिँदा अधिकतम १५.८५ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर ९.८५ प्रतिशत रहेको छ । त्यसमा ६ प्रतिशत प्रिमियम थपिने छ । नलिब बैंकबाट कर्जा लिँदा १५.७७ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर ८.७७ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ७ प्रतिशत प्रिमियम थपिनेछ ।
नेपाल बैंकबाट कर्जा लिँदा १४.४१ प्रतिशत ब्याज लाग्ने छ । बैंकको आधारदर ८.९१ प्रतिशत रहेको छ । त्यसमा ५.५ प्रतिशत प्रिमियम थपिने छ । त्यस्तै कृषि विकास बैंकबाट कर्जा लिँदा १४.२७ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकको आधारदर ९.२७ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ५ प्रतिशत प्रिमियम थपिने छ ।