गोलाप्रथा विधिबाट पेसी व्यवस्थापन गर्ने कार्य प्रारम्भ गर्न मंगलबार सर्वोच्च अदालतको पूर्ण बैठक राख्ने तयारी भएको छ । सोमबार सर्वोच्च अदालत नियमावली २०७४ को संशोधन राजपत्रमा प्रकाशन भएपछि मंगलबारका लागि पूर्ण बैठक राख्न लागिएको हो । फुलकोर्ट बैठकले पेसी व्यवस्थापन सम्बन्धी निर्णय गर्ने भएपनि गोलाप्रथाको तयारी पूरा भइसकेको छैन ।
सर्वोच्च अदालत स्रोतका अनुसार गोलाप्रथाबाट पेसी व्यवस्थापन गर्नेसम्बन्धी नियमावली र निर्देशिका राजपत्रमा प्रकाशन भएपछि पेसी व्यवस्थापन निर्देशन समिति बनाउन फुलकोर्ट बस्न लागेको हो । पेसी व्यवस्थापनसम्बन्धी निर्देशिकामा पेसी व्यवस्थापन निर्देशन समितिमा प्रधानन्यायाधीश र दुईजना वरिष्ठतम् न्यायाधीश तथा मुख्य रजिष्ट्रार गरी ४ सदस्य रहने उल्लेख छ । त्यसै निर्देशिकालाई कार्यान्वयनका लागि फुलकोर्ट बैठक बस्न लागेको हो ।
मंगलबार सर्वोच्चको पूर्ण बैठक बसेको अवस्थामा सोही बैठकले मिति तोकेर गोलाप्रथाबाट पेसी व्यवस्थापन गर्नेबारे निर्णय गर्नेछ । सर्वोच्चको पूर्ण बैठक बसेको अवस्थामा पनि बुधबारबाटै गोलाप्रथा सुरु हुने सम्भावना भने कमै छ ।
FACEBOOK COMMENTS