काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले लेभान्टेलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले लेभान्टेलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा मार्क बेर्नाल, फ्रेन्की डी जोंग र फेर्मिन लोपेजले एक एक गोल गरेका थिए ।
यो जितपछि बार्सिलोना ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको २५ खेलमा ६१ अंक भएको छ र लिगमा शिर्ष स्थानमा छ । त्यस्तै दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको २५ खेलमा ६० अंक रहेको छ । त्यस्तै लेभान्टेको २५ खेलमा १८ अंक रहेको छ र लिगमा १९औं स्थानमा रहेको छ ।
FACEBOOK COMMENTS