काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बजारमा हल्लाखल्ला भएजस्तो कुनै पनि बैंक समस्यामा नरहेको स्पष्ट गरेका छन् ।
राष्ट्रिय वाणिज्य बैङ्कले आज शनिबार आयोजना गरेको ‘आरबीबीएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४’लाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले नेपालमा सबैभन्दा राम्रो व्यवस्थापन भएको क्षेत्रको रुपमा बैकिङ क्षेत्र चिनिने उल्लेख गर्दै अहिले कुनै पनि बैङ्क समस्यामा नरहेको स्पष्ट पारेका हुन् ।
बजारमा अधिक तरलता हुँदा कसरी व्यवस्थापन गर्ने भनेर नियामक राष्ट्र बैङ्कले सोच्नुपर्ने पनि उनको भनाइ छ । सरकारको वित्त नीति र मौद्रिक नीतिबीच सामञ्जस्यता हुन नसकेको विषयमा गभर्नरलाई मात्र दोष लगाउने नभई राष्ट्र बैङ्कको सञ्चालक समिति पनि उत्तिकै जिम्मेवार हुने उनको भनाइ छ ।
अर्थतन्त्रमा शिथिलता छ, तर साह्रै कमजोर छैन : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुन भन्छन्– समीकरण फेरिए पनि सरकारका नीति परिवर्तन हुँदैनन्
FACEBOOK COMMENTS