 
			                  			              
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले आगामी असार ३१ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ।
कम्पनीले ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो।
प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्य रहने यस शेयर निष्कासनबाट कम्पनीले कुल ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ उठाउनेछ। यसका लागि कम्पनीले जेठ २२ गते बुक क्लोज गरिसकेको छ ।
तसर्थ, जेठ २१ गतेसम्म कम्पनीको शेयर स्वामित्वमा रहेका लगानीकर्ताले हकप्रद सेयरका लागि आवेदन दिन योग्य हुनेछन्।
हकप्रद शेयरमा आवेदन दिने अन्तिम म्याद साउन १९ गतेसम्म रहेको छ।

यस हकप्रद शेयर निष्कासनको बिक्री प्रबन्धकको जिम्मेवारी आरबीबी मर्चेन्ड बैंकिङ लिमिटेडले पाएको छ।

लगानीकर्ताले आरबीबी मर्चेन्ड बैंकिङ तथा राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखाहरूबाट आवेदन दिन सक्नेछन्। साथै, धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।

हाल बरुण हाइड्रोपावरको चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ रहेको छ। हकप्रद सेयर बिक्रीपछिको अवस्थामा कम्पनीको चुक्ता पुँजी दोब्बर भई १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ।

 
              
              
              
              		              
FACEBOOK COMMENTS