काठमाडौँ । जर्मनको बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले अर्को जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले आइन्ट्राक्ट फ्रान्कफर्टलाई ३(२ गोल अन्तरले पराजित गरेको थियो ।
बायर्नको जितमा ह्यारी केनले २ गोल गरेका थिए भने अलेक्जान्डर पाभ्लोभिकले एक गोल गरेका थिए । त्यस्तै आइन्ट्राक्ट फ्रान्कफर्टका लागि जोनाथन बुर्कार्ट र अर्माउड कालिमुएनडोले एक एक गोल गरेका थिए ।
यो जितपछि बायर्न म्युनिखको २३ खेलमा ६० अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै आइन्ट्राक्ट फ्रान्कफर्टको २३ खेलमा ३१ अंक रहेको छ र लिगमा सातौं स्थानमा रहेको छ ।

FACEBOOK COMMENTS